.
Wednesday, 21 January 2015 19:00

नयाँ शक्तिको उदय, नेताहरु जेल चलान

Written by  स्नेह नेपाली

हाम्रो नेपाल दन्दनी बलि रहेको छ | जनताले भोट दिएर पठाएका प्रतिनिधि नेताहरु कुर्सि भाच्दै झन् झन् आगो सल्काउदै छन् | अदृश्य कुनामा बसेर केहि अझ मट्टीतेल र पेट्रोल छार्कदैछन् आगो दन्काउनालाई ता कि सयौ जनता शहिद भएर आएको प्रजातन्त्र खरानी होस् ...

विशाल जनसंख्या भएको अमेरिकालाई जम्मा ११६ दिन लागेको थियो संबिधान लेख्नलाई | छिमेकी देश भारतलाई दुई बर्ष एघार महिना अनि १८ दिन लागेकोथियो तर नेपालमा करिब ७ बर्षमा पनि संबिधान बनेन |

वाचा गरेअनुसार सबैले इमान्दार पुर्वक दलीय स्वार्थ भन्दा माथि उठेर काम गरेको भए आज नेपाली जनताले नयाँ संविधानलाई भव्य स्वागत गर्ने थिए । तर यसो भएन । संविधान त बनेन बनेन निरिह नेपाली जनता माथि ठुलो खेलबाड हुदैछ, अन्योल र त्रास बढ्दैछ |

सामाजिक सन्जाल मा होस् अथवा खबर पत्रिकामा होस् नेपालको बारेमा दुइवटा समाचारले धेरै ठाउ पाएको छ अहिले संसार भरि | एउटा जनतालाई दिएको वाचा पुरा नगर्ने कुलंगार नेताहरुको बर्बरता अनि अर्को आधा पेट खाएर भए पनि संसार जित्ने अभिलाषा बोकेर अघि बढिरहेका नेपाली क्रिकेट टोलिको |

सबै खेलाडीहरुले आ-आफ्नो ठाउँबाट दिलोज्यान दिएर नखेलेको भए आज नेपाली क्रिकेट टोलि यहाँ सम्म आउन सक्ने थिएन | बधाई छ नेपाली क्रिकेट टोलीलाई !

कम्तिमा आफ्नै देशको खेलाडीबाट पाठ सिकेर जनतालाई दिएको वाचा पुरा गरेको भए आज यी नेताहरुको कत्रो जयजयकार हुनेथियो | एकदिन सबै मर्ने पर्छ | मर्न भन्दा अगाडी कम्तिमा अलिकति जनताको पक्ष मा काम गरे सदा अमर हुने थियो | अन्यथा नयाँ शक्तिको उदय भएर नेताहरु सबै जेल चलान भएको देख्न र सुन्न नपरोस् हामी सोझा नेपाली जनता हरुले |

Read 2323 times
More in this category: « How To Piss Off a Nepali

Leave a comment

Make sure you enter the (*) required information where indicated. HTML code is not allowed.

Community Events

*

In case you are in the area you might want to join one of the below events.

 

Passport Renewal

Renew your Nepali Passport
By November 24, 2015
Only Machine Readable
Passport is valid after this date. Embassy of Nepal

 

Events in Montreal

Free and paid events in Montreal - All summer long, Sainte-Catherine Street turns into a pedestrian zone for artists.
Learn more...

 

Attraction in Toronto

Toronto’s most famous landmark is more than just an engineering wonder - Toronto has something for everyone all year long
Learn more...